☰ open Loading... 28 February 2024|  

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
  | २० श्रावण २०८०, शनिबार ०५:४४

वीरेन्द्रनगर — मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षका कृष्ण शाही र शुभकालिका गाउँपालिका–३ का २३ वर्षीय बिमोचन विष्ट छन् ।

शुक्रबार कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेली भन्ने स्थानबाट वीरेन्द्रनगर आउँदै गर्दा दुर्घटनामा परेको हो । मोटरसाइकल अनियन्त्रित भएर विद्युत्‌को पोलमा ठोक्किएको थियो । दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्याल सुर्खेतले जनाएको छ ।