☰ open Loading... 21 September 2024|  

दुई सय बढी घर डुबान
  | २९ श्रावण २०८०, सोमबार ०५:२१

बर्दिया । बर्दियामा आज बिहानैदेखि परेको अविरल वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेको छ । यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बारबर्दिया नगरपालिका–८ को औरी, भगतपुर र दुधवा गाउँको ४३ घर, बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडा नम्बर ९ कुइनेठीको एक सय २० घरसहित जिल्लामा दुई सयभन्दा बढी घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । उनका अनुसार डुबानबाट प्रभावितलाई स्थानीय विद्यालय भवनमा राखिएको छ ।