☰ open Loading... 7 September 2024|  

संसद् अवरुद्ध बारे राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच छलफल
  | ३२ श्रावण २०८०, बिहीबार ०५:२७

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष नेता केपी ओलीले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए। प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए।