☰ open Loading... 20 May 2024|  

व्यापारी मृत फेला
  | ३ भाद्र २०८०, आईतवार ०५:३७

दैलेख-दैलेखका गाउँगाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँचौं दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा मृत फेला परेका छन् । स्थानीयले पनि कतै नदेखेको र मोवाइलमा समेत सम्पर्क बिच्छेद भएपछि परिवारजनले खोजिरहेका थिए ।

बाजुराको कात्तिकेपानीबाट कैलालीको बडीबर्दगोरिया गाउँपालिका–४ छतिवन बसाई सरेका ३१ वर्षीय बीरबहादुर कामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए ।

साउन २७ गतेदेखि त्यो गाउँमा जडिबुटी बेच्ने गरेको तेश्रो दिनपछि नदेखिएका र मोवाइलमा समेत सम्पर्क नभएपछि परिवारजनले खोजबिन गर्दा मध्यपहाडी राजमार्गबाट एक किलोमीटर माथि भेरीखोला खोल्सामा टाढाबाट बगाई ल्याएको आधा जिऊ पानीमै रहेको अवस्थामा फेला परेको बताइएको छ ।