☰ open Loading... 12 April 2024|  

तीज गीत ‘यो तीजमा ढल्केरै नाच्ने हो’बजारमा
  | ३ भाद्र २०८०, आईतवार ०९:००

 

लोकेन्द्र जिसी कुमार

दैलेख – नेपालीहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै कलाकारहरूले तीज लक्षित गीतहरू बजारमा ल्याउने क्रम चलिरहेको छ ।

यसैक्रममा लोक गायिका सम्झना भण्डारी, सन्तोष बस्ताकोटी र चेतन गोतामेको मौलीक तीज गीत “यो तीजमा ढल्केरै नाच्ने हो” सार्वजनिक भएको छ ।

उक्त गीतमा शब्द तथा संगीत चेतन गोतामेको रहेको गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने सुमन राना र खुमन रानाले रेकड गरेको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् ।जुना एस डी ,सुजन सुर्खेती, रायन बस्याल र पार्वती श्रेष्ठको अभिनय रहेको उक्त गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन ।

बिजय बुढा मगरको कोरियोग्राफि रहेको उक्त गीतको भिडियोलाई राज कुमार मगरले निर्देशन गरेका हुन् भने दुर्गेश रानाले शह सम्पादन गरेका हुन् । उक्त गीतको भिडियो चेतन गोतामेको आफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।