☰ open Loading... 19 May 2024|  

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने
  | १२ भाद्र २०८०, मंगलवार ०९:५९

प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बैठक बस्ने छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालय जनाएको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ।

साथै, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।