☰ open Loading... 25 May 2025|  

डोल्पाबाट बेपत्ता सेनाका मेजर अझै भेटिएनन्
  | १३ भाद्र २०८०, बुधबार ०५:२६

नेपाली सेनाको डोल्पामा तैनाथ नन्द बक्स गण अन्तर्गत रहेको दुनै ब्यारेक, भदालेमा खटिएका सेनानी (मेजर) विमल पण्डितको अवस्था ४८ घण्टा बित्दासमेत अज्ञात छ ।

मेजर पण्डित आइतबार साँझदेखि बेपत्ता भएका हुन्।बेपत्ता रहेका मेजर पण्डितको खोजी भइरहेको सेनाले जनाएको छ। सुरक्षाकर्मीले प्राविधिक विश्लेषणसहित उनको खोजी गरिरहेका छन्।

मेजर पण्डितको खोजीमा सेना, नेपाल प्रहरी मंगलबार पनि बिहानैबाट खटिएका थिए।उनी आफ्नो सुरक्षा गार्ड नलिई आइतबार बेलुका त्रिपुरातिर गएका थिए।