☰ open Loading... 30 May 2024|  

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
  | १४ भाद्र २०८०, बिहीबार ०९:०९

दैलेख-नेपाली सेनाले नेपालकै प्रमुख पर्यटकीय संभावना बोकेको दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महाबु शिबगाथमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।महाबुमाआउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको कालिदत्त गुल्म दैलेखका गुल्मपति दिपेन्द्र खड्काले बताए।

 

शिबगाथमाआउने पर्यटक तथा स्थानीयवासीलाई चिसो कारण लेक लाग्ने समस्या, टाउको दुख्ने समस्या,आँसा सम्बन्धी समस्या,ज्वरो, पेट, ग्यासटिक सम्बन्धी समस्या हुने नागरिकको सेवा गर्ने उद्देश्यले उक्त ठाँउमा निःशुल्क स्वास्थ्य शिविर गरिएको  गुल्मपति  खड्काले जानकारी दिए। उनका अनुसार४ सय५० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

नेपाली सेनाले स्वास्थ्य सेवा कार्यालय दैलेख र दैलेखका स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य शिबिर संञ्चालन गरिएको गुल्मपति खड्काले बताए ।महाबु लेकमा कुनै पनि सरकारी स्तरको स्वास्थ्य उपचार केन्द्र नभएका कारण स्थानीय लगायत पर्यटकहरुले स्वास्थ्य समस्या झेल्दै आएका थिए।सेनालेभदौ १२ र १३ गते महाबु गाँउपालिका वडा नं -६मा पर्ने शिबगाथ (महावुधाम)मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ।