☰ open Loading... 3 December 2024|  

कर्णालीमा पहिलो पटक कराते संघको नेतृत्व
  | १८ भाद्र २०८०, सोमबार १६:३६

कर्णालीमा पहिलो पटक नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षसहित नेतृत्व चयन भएको छ । अध्यक्ष हरि बिष्टको नेतृत्वमा सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट विष्ट सर्वसम्मत चयन भएका हुन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशन गरिएको हो । विष्टको नेतृत्वमा उपाध्यक्षमा हेमन्त कुमार मल्ल, राम प्रसाद पाण्डे, गोविन्द बहादुर घर्तीमगर, चित्र बहादुर राना, सचिवमा रमेश कुमार थापा, सह सचिवमा सीता भण्डारी र नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी (नेपाल) र सदस्यहरुमा प्रेम पाण्डे, ज्ञानेन्द्र भण्डारी, सन्तोष महतरा, लेखत बहादुर शाही, प्रेयाङ्का शाही र अजय गुरुङ चयन रहेका छन् ।
यस्तै मनोनीत सदस्यमा भुवन ज्ञावली, प्रकाश पन्त, कृति गुभाजु शाक्य, केसर रोकाय चयन भएका छन् । कर्णाली प्रदेशभर खेल क्षेत्रको विकासका लागि आफु सधै प्रतिवद्ध भएर लागेको र आगमी दिनमा झन जिम्मेवारी थपिएको अध्यक्ष हरि बिष्टले निर्वाचित भएपछि प्रतिक्रिया दिनुभयो ।