☰ open Loading... 24 April 2024|  

डिल स्मृति पुरस्कारका लागि अक्षय कोष
  | २३ भाद्र २०८०, शनिबार १९:४६

प्रेस चौतारी नेपाल सुर्खेत शाखाले ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ का लागि अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ ।

स्वर्गीय पत्रकार डिलप्रसाद शर्माको स्मृतिमा चौतारी सुर्खेतले एक लाख पुरस्कार राशीको पत्रकारिता पुरस्कारका लागि अक्षय कोष खडा गर्न ‘च्यारिटी शो’ आयोजना गर्न लागिएको बताएको छ ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेद्वारा निर्मित जनचेतना मूलक विश्व चर्चित सर्ट फिल्म ‘सहायक श्रीमान र भाग्यले बाँचेका मान्छेहरु’ च्यारिटी शो मा देखाईने निधो गरेको हो ।

दुबै फिल्मको शो हेर्नका लागि प्रति विद्यार्थी १ सय र अन्यका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको चौतारी सुर्खेत अध्यक्ष गोविन्द खत्रीले जानकारी दिए ।

बृत्तचित्र असोज १९ गते वीरेन्द्रनगरमा प्रर्दशन गरिनेछ ।