☰ open Loading... 3 May 2024|  

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार ११:१७

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन्।

विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार रहेको उनले बताए।

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए। सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।