☰ open Loading... 22 June 2024|  

सुर्खेतमा बस र अटो ठोक्किँदा ६ जना घाइते
पश्चिम नेपाल   | २७ भाद्र २०८०, बुधबार १२:३९

छिन्चु-जाजरकोट सडकखण्ड अन्तरगत सुर्खेतको भेरीगंगामा बस र अटो एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । बिहान १२ बजेतिर नेपालगन्जबाट जाजरकोट जाँदै गरेको १ ख १४७६ नम्बरको बस र मेहलकुनाबाट जहरे आउँदै गरेको भे १ ह ३८२२ नम्बरको अटो भेरीगंगा नगरपालिका– ८ लोदेमा एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ठक्करबाट अटो सवार ६ जना घाइते भएका छन् । घाइते ६ जना मध्ये ३ जनाको मेहलकुना र ३ जनाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।