☰ open Loading... 24 January 2025|  

बाल दिवसको पूर्वसन्ध्यामा अभिमुखिकरण
पश्चिम नेपाल   | २७ भाद्र २०८०, बुधबार २०:१२

 

दैलेख – दैलेखमा राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा अभिमूखीकरण कार्यक्रम गरिएको छ।सोसेक नेपालको आयोजनामा बेलासपुर विद्या मन्दिरमा अभिमूखीकरण गरिएको हो।

अभिमुखिकरण कार्यक्रममा बाल अधिकार, बाल विवाह,यौन हिंसा,घरेलु हिंसा ,मनोपरामर्श भूमिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बेलासपुर विद्या मन्दिरका प्रिन्सिपल जंग बोगटीले बताए ।कार्यक्रममा बाल अधिकार तथा यौन हिंसा परेको असर र यसलाई न्यूनीकरण गर्ने उपायको वारेमा छलफल भएको प्रिन्सिपल बोगटीले जानकारी दिए ।

बढदै गएको सामाजिक बिकृतीको रुपमा रहेको लौगिक हिंसा ,घरेलु हिंसा ,बाल विवाहलाई न्युनीकरण गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको सोसेक नेपाल दैलेखका बाल संरक्षण अनुगम अधिकृत प्रभा कुमार बिकले बताए ।