☰ open Loading... 18 May 2024|  

रेडियो मातृभूमिले जिल्लाव्यापी भव्य तीजगीत प्रतियोगिता गर्दै
पश्चिम नेपाल   | २७ भाद्र २०८०, बुधबार २१:४९

दैलेखको टुडिखेलमा जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता हुने भएको छ ।

रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्जको आयोजनामा भाद्र २९ गते जिल्ला स्तरीय खुला तीजगीत प्रतियोगिता–२०८० हुने भएको हो।

जिल्ला सदरमुकामको खुला मञ्च टुडिखेलमा हुने प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ नगर र प्रमाणपत्र पाउने छन्, द्धितिय पुरस्कारको लागि १० हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा तृतीय पुरस्कारका लागि ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाउने गरी व्यवस्थापन मिलाएको एफ.एमका प्रबन्ध निर्देशक भीम सिजापतिले जानकारी दिए । यस कार्यले कला संस्कृतिको जगेर्ना समेत हुने भएकाले हाम्रो रेडियो कार्यकम आयोजना गर्न लागेको बताए ।

प्रतियोगितामा भाग लिने टिमले भाद्र २९ गते बिहान सम्म नाम दर्ता गर्न पाउने निर्देशक सिजापतिले बताए । जिल्ला ११ वटै पालिकाबाट प्रतिनिधित्व गर्ने गरी तयारी भएको उनको भनाई छ ।