☰ open Loading... 18 May 2024|  

अन्त्येष्टिका लागि नेम्वाङको शवयात्रा सुरु
पश्चिम नेपाल   | २८ भाद्र २०८०, बिहीबार ११:३३

संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा भर्खरै सुरु भएको हो । नेपाली सेनाले सलामीसहित शोकधुन बजाउँदै शवयात्रा महाराजगन्ज हुँदै अगाडि बढेको छ ।

शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । शोक मनाउन आज सार्वजनिक बिदा पनि दिइएको छ ।