☰ open Loading... 25 January 2025|  

एकै परिवारकाे तीनसहित चारकाे हत्या
पश्चिम नेपाल   | ३० भाद्र २०८०, शनिबार ०७:२९

काठमाडौँको तीनकुनेस्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको पहिचान भएको छ।

तीनकुने स्थित दिव्य सः मिलमा हिजो राति ११ः ५५ मा धारिलो हतियार प्रहार भएको अवस्थामा शव फेला परेको दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो। हत्या हुनेमा काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनाली जानकारी दिए।

मैनालीका अनुसार प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका( ३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। घटनाको थप अनुसन्धानको लागि तालिम प्राप्‍त कुकुर समेत लगेर परिचालन गरिएको छ।

उक्त दिव्य सःमिल दोलखा, कालिञ्चोक घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ। शवलाई पोष्‍टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको वक्ता मैनालीले जानकारी दिए।