☰ open Loading... 16 July 2024|  

शनिवार सरकारी गाडी नियन्त्रणमा
पश्चिम नेपाल   | ३० भाद्र २०८०, शनिबार १७:१८

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ धनुषाले यो शनिवार पनि दुरुपयोग भएका सरकारी गाडीहरू नियन्त्रणमा लिएको छ । जनकपुरको भानु चोकबाट युवा सङ्घका कार्यकर्ताहरूले ९ वटा सरकारी गाडी नियन्त्रणमा लिएका हुन् ।

सरकारी गाडी दुरुपयोग रोक्ने उनीहरूको अभियानलाई ट्राफिक प्रहरीले पनि सघाएको छ । सेतो नम्बर प्लेटको सरकारी चारपाङ्ग्रे गाडी ३ थान, मोटरसाइकल ५ थान र एउटा स्कुटर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाएको युवा संघ मधेस प्रदेशका अध्यक्ष लव अधिकारीले जानकारी दिए ।

बिदाका दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्छ । तर अनुमति नलिएरै सरकारी गाडी निजी काममा प्रयोग गर्ने प्रवृत्ति बढेपछि नियन्त्रण गर्न कारबाही अभियान चलाएको युवा संघले जनाएको छ । अघिल्लो शनिवार पनि संघले यो अभियान चलाएको थियो ।