☰ open Loading... 21 June 2024|  

एक शिक्षक २८ दिनदेखि बेपत्ता
पश्चिम नेपाल   | ४ आश्विन २०८०, बिहीबार २०:१२

बैतडीमा एक शिक्षक २८ दिनदेखि बेपत्ता छन्।

डिलासैनी गाउँपालिका-२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर गडाल २८ दिनदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

उनी भदौ ५ गते बेपत्ता भएका थिए। उनी सोही गाउँपालिकाको लटिनाथ आधारभूत विद्यालयका शिक्षक हुन्।