☰ open Loading... 11 December 2023|  

सडकमै नाच्न थाले शिक्षक
पश्चिम नेपाल   | ५ आश्विन २०८०, शुक्रबार १४:५६

आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन नाचगानसहित विरोध गरिरहेका छन्।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा विरोध प्रदर्शन गरिरहेका छन्।

आन्दोलनरत शिक्षक र सरकारबीच पटक पटक वार्ता भएपनि टुग्गोमा भने पुग्न सकेको छैन्।