☰ open Loading... 16 July 2024|  

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज
पश्चिम नेपाल   | ८ आश्विन २०८०, सोमबार ०९:५९

 

 

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ ।सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ ।

उद्घाटनअघि एमालेले काठमाडौँका ६ ठाउँबाट र्‍याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ ।बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन् ।

अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको छ । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।