☰ open Loading... 22 June 2024|  

काँग्रेस महासमिति बैठकको तयारी हुँदै
पश्चिम नेपाल   | ८ आश्विन २०८०, सोमबार २२:०३

नेपाली काँग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ।

काँग्रेस केन्द्रिय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो। नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिए।

यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकता अनुसार थप समिति बनाउने अधिकार सभापतिले बैठकमा दिएको जानकारी दिए।

आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय भएको छ।