☰ open Loading... 15 June 2024|  

कर्णालीमा मीनबहादुर शाहीलाई ओलीको समर्थन
पश्चिम नेपाल   | ११ आश्विन २०८०, बिहीबार १२:५९

नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही र गुलाबजंग शाहबीच प्रतिष्पर्धा हुने भएको छ। कालिकोटका शाही र सल्यानका शाहले अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने तयारी गरेको स्रोतले बतायो । तर मनोनयन दर्ता भने शुक्रबार हुनेछ।

सामुदायिक रेडियोका अभियन्ता, योजना आयोगका सदस्य एवं समाजसेवी शाही एमालेको प्रदेश कमिटी सदस्य हुन् भने शाह एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वप्रदेश सभा सदस्य हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अधिवेशन उद्घाटन गरेका थिए। बिहीबार राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ। बुधबार उद्घाटन सत्रपछि अध्यक्ष ओलीले शाहीलाई कर्णाली प्रदेशको अध्यक्ष बनाउनुपर्ने तर्फ संकेत गर्दै नेताहरूलाई लबिङमा जुट्न आग्रह गरेका छन्।

ओलीले सहमति नभए प्यानल र गुटबन्दी नगरी स्वस्थ प्रतिस्पर्धामा उत्रिएर नेतृ्त्व चयन गर्ने निर्देशन दिएका छन्।

एमाले स्रोतले भन्यो,’ अध्यक्ष ओलीले मीनबहादुर शाहीलाई प्रदेश अध्यक्षका लागि सहमति गर्न निर्देशन दिइसक्नु भएको छ । सहमति नभए शाह र शाहीबीच प्रतिस्पर्धा हुनेछ ।’