☰ open Loading... 24 February 2024|  

विद्यार्थीको शंकापद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आजगनी
पश्चिम नेपाल   | १३ आश्विन २०८०, शनिबार १३:२१

होस्टेलमै विद्यार्थीको मृत्यु शंकापद भएको भन्दै आक्रोशित विद्यार्थीका आफन्तहरुले होस्टेल तोडफोडसहित विद्यालयमा आगजनी गरेका छन् ।

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा विद्यार्थी शंकास्पद रुपमा झुण्डिएको अवस्थामा फेला परेको थिए । आजगनीका कारण विद्यालय पूर्ण रुपमा क्षती भएको छ । दुई वटा दमकलले आगो निभाएका थिए । प्रहरी संख्या कम हुँदा आक्रोशित बालकका आफन्तहरुले छिनभरमै विद्यालय आगजनी गरेर पूर्ण रुपमा क्षती गरेका थिए ।

कक्षा २ मा अध्यानरक्त वर्ष ८ का सलाम पुलामीमगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन् । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका बालकको आफन्तहरु आईसकेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव आफन्तहरुले उठाउन दिएका छैनन् । जसका कारण पोष्टमार्डम हुन सकेको छैन् ।

बालकको मृत्यु शंकास्पद भएको भन्दै आफन्तहरुले होस्टेल घेराउ गरी शव उठाउन दिएका छैनन् । पोष्टमार्डमका लागि शव लैजान नसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) लक्षमण शाहीले बताए ।

विद्यालय र होस्टेल आसपास ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । पीडित पक्षले घटनाको छानविन हुनुपर्ने माग राख्दै तोड्फोड र आगजनी गरेका हुन् ।