☰ open Loading... 22 April 2024|  

एमाले कर्णाली अधिवेशनमा मतदानको टुंगो लागेन
पश्चिम नेपाल   | १३ आश्विन २०८०, शनिबार १८:३६

नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनमा शनिबार साँझदेखि मतदान हुने भनेपछि अँझै टुगो लाग्न सकेको छैन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी अधिवेशनमा दिउँसो १२ बजेदेखि हुने कार्यतालिका भएपनि सहमतीको लागि २ बजेसम्म रोकिएको थियो । त्यसपछि फेरी साँझ ६ बजे मतदान गर्ने निर्वाचन समितिले जानकारी दिएपनि अँझै मतदानको टुंगो लाग्न सकेको छैन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भईसकेको छ । अन्तिम नामवली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाए पनि निर्वाचनको तयारी भएको छैन् । निर्वाचन हुने सिटी हलभित्र रहेका प्रतिनिधि तथा कार्यकर्ताहरुलाई हलको गेटबाट अहिले बाहिर पठाईएको छ । निर्वाचन हुने भनिएपनि अहिलेसम्म कुनै टुंगो नलागेको प्रतिनिधि महेश ढुंगानाले बताए ।