☰ open Loading... 21 May 2024|  

त्रिभुवन विमानस्थलबाट २.७ किलो सुन बरामद
पश्चिम नेपाल   | १३ आश्विन २०८०, शनिबार १९:२१

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो ।

आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।