☰ open Loading... 24 February 2024|  

बिहानैदेखि वीरेन्द्रनगर तनावग्रस्त
पश्चिम नेपाल   | १४ आश्विन २०८०, आईतवार ११:३८

शुक्रबार र शनिबार छुट्टा–छुट्टै भएको घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि पुनः आन्दोलन सुरु गरेका छन् ।

दुवै बालकका आफन्तद्वारा संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइरहेका छन् । जसका कारण एरिचोक परिसर बिहानैदेखि तनावग्रस्त अवस्थामा छ ।

वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिवार मृत्यु भएको थियो ।

यस्तै शुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । उनी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का हुन् ।

होस्टेलमै शङ्कास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिुपर्तिको माग गर्दै आइतबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।