☰ open Loading... 24 July 2024|  

नेकपा कर्णालीको अध्यक्षमा गुलाबजंग विजय
पश्चिम नेपाल   | १६ आश्विन २०८०, मंगलवार ०६:३०

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्ष पदमा गुलाबजंग शाह विजय भएका छन् । गतसाता बुधबारदेखि भएको एमाले कर्णाली प्रदेश प्रथम अधिवेशन अन्र्तगत भएको निर्वाचनमा शाह विजय भएका हुन् । शाहले ३६९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी मिनबहादुर शाहीले २०७ मत लिएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत पाएका छन् ।

उपाध्यक्षमा गुलाबजंग प्यानलका टेकराज पछाईले ३४२ मत ल्याई विजय भएका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार दानसिंह परिवारले ५९ मत र लालबहादुर महताराले १७६ मत ल्याएका छन् ।

सचिवका उम्मेदवार शाह प्यानलका ध्रुव बहादुर शाहीले ४०६ मत ल्याएर विजय भए । उनका प्रतिस्पर्धी शाही प्यानलका रूद्रबहादुर शाहीले १६९ मत ल्याएका छन् ।

उपसचिवमा रवीन्द्रराज शर्मा र रमेश कुमार शाही विजय भएका छन् । शर्माले २९९ मत र शाहीले २६६ मत पाएका छन् । यसैगरी, उपसचिव पदमा पद्मा खड्काले १५२, मेनका पछाईले ९६, तेज कुमार विकले ७७, विरेन्द्रराज गिरीले ५२, नारायण कुमार शाहले ३५ र बखत बहादुर भण्डारीले ३३ मत लिएका छन् ।

पदाधिकारीको मतगणना सकिएसँगै अब केही बेरमा सदस्य पदको मतगणना हुने जनाइएको छ ।