☰ open Loading... 21 June 2024|  

राप्रपाका दुई नेता निलम्बित
पश्चिम नेपाल   | १६ आश्विन २०८०, मंगलवार ०९:३४

राप्रपाले दुई नेतालाई निलम्बन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेकाले अनुशासन समितिको सिफारिस बमोजिम

उनीहरुलाई निलम्बन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।