☰ open Loading... 14 January 2025|  

नेपालगञ्जमा अनिश्चित कर्फ्यु
पश्चिम नेपाल   | १६ आश्विन २०८०, मंगलवार १३:४७

दुई पक्षबीच झडप हुने स्थिती सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु लगाएको छ।

मंगलबार दिउँसो १ बजे देखि लागू हुने गरी स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले तत्कालका लागि नेपालगन्ज उपमहानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको बताए।