☰ open Loading... 24 July 2024|  

सुदूरपश्चिम केन्द्रबिन्दु भएर दुई भूकम्पको धक्का
पश्चिम नेपाल   | १६ आश्विन २०८०, मंगलवार १५:५४

सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर दुई वटा भूकम्पको धक्का महशुस गरिएको छ।

आज दिउँसो २ बजेर ४० मिनेटको समयमा बझाङको पालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।

त्यसपछि दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हाे। भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ.