☰ open Loading... 22 April 2024|  

सुदुरपश्चिम प्रदेशमा स्थानीयहरु रातभर खुल्ला आकाशमा
पश्चिम नेपाल   | १७ आश्विन २०८०, बुधबार ०४:०१

फेरि भूकम्प आउने डरले सुदुरका प्राय स्थानीय रातभर खुल्ला आकाशमा सुतेका छन् । बझाङमा घर भत्किए पछि स्थानीय खुल्ला आकाशमा रात काट्न बाध्य भएका छन् । अरु स्थानीयहरू पनि घर बाहिर सुतेका छन् ।
घरहरू चर्किएको तथा भत्किएका छन् जसका कारण स्थानीयहरु त्रसित छन् ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो।

दिउँसो २ बजेर ४० मिनेटमा पहिलो पटक बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । पछि पुनः ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।