☰ open Loading... 5 May 2024|  

गेस्ट हाउसमा युवती मृत फेला
पश्चिम नेपाल   | २३ आश्विन २०८०, मंगलवार १२:५९

काठमाडौँको सुन्धारामा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारा स्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्सिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।

ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।