☰ open Loading... 22 June 2024|  

मगर संघ कर्णाली प्रदेशको सभापतिमा राना
पश्चिम नेपाल   | २६ आश्विन २०८०, शुक्रबार २१:२९

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशको सभापतिमा महेन्द्रकुमार राना चयन भएका छन् । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमत चयन भएको हो ।

कार्यसमितिको उपसभापतिमा दिपक बुढा मगर र काँसीमाया रानामगर चयन भएका छन् । यस्तै, सचिवमा लक्ष्मी पुन मगर, सहसचिवमा पवित्रा थामा मगर, पवित्रा रोकाय र कोषाध्यक्षमा सीता कुमारी खाम्चा चयन भएका छन् ।

यसैगरी, सदस्यमा प्रमिला थापा मगर, जानकी पुन मगर, तोलिसरा मगर, पार्वती कुमारी घर्ति, मनिकर्ण बुढा मगर, गिता सारु, विनोदकुमार थापा मगर, टोप बहादुर राना मगर, यस बहादुर दर्लामी, ओमबहादुर बराल, प्रेम बहादुर पुन, टोप बहादुर गरङ्जा, बलबहादुर पल्लि मगर, धनबहादुर थापा मगर, कुल बहादुर देसुवा, जय बहादुर थापा मगर, शेर बहादुर रामजाली मगर, कुलबहादुर पुन, चन्द्र बहादुर बुढा मगर र मनिसा सिजाली चयन भएको जनाइएको छ ।