☰ open Loading... 18 May 2024|  

२० बर्षिया यूवती गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउदै गर्दा …
पश्चिम नेपाल   | २८ आश्विन २०८०, आईतवार ०३:२३

धनगढीमा गुप्ताङ्गमा लुकाएर लागुऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षकी अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागुऔषध निकालेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।