☰ open Loading... 18 May 2024|  

इजरायल-हमास लडाइँमा मारिए १२ पत्रकार
पश्चिम नेपाल   | २८ आश्विन २०८०, आईतवार ११:१८

इजरायल-हमास लडाइँमा कम्तीमा १२ जना पत्रकार मारिएका छन्।

इजरायल-हमास लडाइँ सुरू भएको आठौं दिनसम्म १२ जना पत्रकारहरू मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) लाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

गाजाको इस्लामिस्ट समूह ‘हमास’ ले इजरायलमाथि आक्रमण गरेयता २ पत्रकार सम्पर्कविहीन रहेको र ८ जना घाइते भएको सिपिजेले जानकारी दिएको छ।

मारिनेमध्ये १० जना प्यालेस्टाइनका र एक जना इजरायलका पत्रकार छन्।
सिपिजेले इजरायल-हमास लडाइँमा पत्रकारहरूको अवस्थाबारे अध्ययन गरिरहेको छ। उसले इजरायल-हमास लडाइँको आठ दिनको अवधिमा मारिएका, घाइते भएकाहरूको सूची नै सार्वजनिक गरेको छ ।

सिपिजेका अनुसार मारिनेमध्येका सइद अल तविल ‍प्यालेस्टाइनबाट सञ्चालिन न्युज पोर्टल अल खम्सा न्युजका प्रधान सम्पादक हुन्। त्यस्तै अल-अक्सा रेडिओका हुसम मुबारक, अल-अस्त्र रेडिओका अहमद शेहब लगायतका पत्रकारहरू मारिएको सिपिजेले जानकारी दिएको छ।

गत शनिबार हमासले इजरायलमाथि अकास्मात आक्रमण गरेलगत्तै इजरायलले युद्धको घोषणा गरी जवाफी आक्रमणमा उत्रिएको थियो।

लडाइँमा हालसम्म ३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।