☰ open Loading... 23 June 2024|  

कर्णालीका प्रहरी प्रमुख ढकाललाई उत्कृष्ट सिर्जनशील पुरस्कार
पश्चिम नेपाल   | ३० आश्विन २०८०, मंगलवार १८:१९

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको अनुगमन तथा मूल्याङ्कनबाट सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट सिर्जनशील कार्य पुरस्कार प्रदान गरिएको हो ।

डीआईजी ढकाललाई मंगलबार ६८ औँ प्रहरी स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरे ।

कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेयता ढकालले ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ को सुरुवात गरेर नागरिकसंग थुप्रो कार्यकम गरेका छन् ।