☰ open Loading... 22 May 2024|  

शान्ति सुरक्षा कायम गर्न दैलेख प्रहरीको महत्वपूर्ण भूमिका
यामराज बिष्ट   | १ कार्तिक २०८०, बुधबार १०:०८

 

दैलेख । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले प्रहरीले स्थापनाकालदेखि नै मुलुकमा शान्तिसुरक्षा कायम गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ६८औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिशीले भने जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

उनले भने प्रहरी दिवस मनाई रहदा अमर प्रहरीलाई जहिले पनि हामिले सम्झने बताए । २०१२सालमा स्थापना भएको नेपाल प्रहरी आज ६८ बर्षमा प्रबेश गरेको उपल्क्षयमा दैलेखमा नेपाल प्रहरीले सान्ती सुरक्षामा महत्वपूर्ण भूमिका रहेको छ।नेपाल प्रहरीले गरेको काम प्रती सबैले सम्मान गनुपर्ने जिल्लामा प्रहरीको अझै अपुग भएको उनले जानकारी दिए । समाज परिवर्तन गर्न नागरिक राजनितिकदल पत्रकारको पनि महत्त्वपूर्ण भएको बताए ।

राजनीतिक दलका बिचार फरक भए पनि दैलेखको बिकासमा सबै लाग्नुपर्ने बताए । दैलेख जिल्लाको बिकाश निर्माणमा सबैको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए ।

दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले सुरक्षाका लागि नेपाल प्रहरीलाई सधैं सहयोग रहने जानकारी दिए । नेपाल प्रहरीले प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ काम गदैै आएकोे निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि विगतदेखि नै प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही बताए। प्रहरी अझै पनि जिल्लामा शान्ति सुरक्षा एव चोरीका घटना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

कर्णाली प्रदेश सभा सदस्य पुर्णबहादुर खत्रीले सान्ती सुरक्षामा महत्वपूर्ण भूमिका रहेको जानकारी दिए।प्रहरीले आँउदा दिनमा अझै राम्रो काम गर्नुपर्ने बताए ।प्रहरीलाई नागरिक देखि सबैले सहयोग गर्नुपर्ने उलने जानकारी दिए ।

दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जिल्लामा दैलेख प्रहरीले शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका रहले उनले जानकारी दिए । सिमित साधनस्रोतका बाबजुद दैलेखमा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताए ।