☰ open Loading... 23 June 2024|  

आज दसैंको पाँचौं दिन
पश्चिम नेपाल   | २ कार्तिक २०८०, बिहीबार १२:२३

आज दसैंको पाँचौं दिन दसैंघरसहित पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहे अनुसार आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन लागिएको छ।

घटस्थापना गरेसँगै देवीका नौं वटा रुपहरुको पूजा गर्ने परम्पराअनुसार आज स्कन्दमाताको पूजा गर्न लागिएको हो। दसैं सुरु भएदेखि सबै देवीहरुका मन्दिरहरुमा पूजा गर्नेहरुको आज पनि भीड लागेको छ।