☰ open Loading... 11 December 2023|  

गाउँमा बढ्न थाल्यो चहलपहल
पश्चिम नेपाल   | ४ कार्तिक २०८०, शनिबार १०:३७

नेपालीहरुको महान चाड दसैँ आगनमै आएसंगै गाउँघरमा चहलपहल सुरु भएको छ। अहिले जुम्लाको सदरमुकाममा खलंगाबाट आ-आफ्नो घर फर्किनेहरु बढ्न थालेका छन्।

जुम्लाको तिला गाउँपालिका – १ रारा गाउँमा रहेको पुर्ख्यौली घर फर्कन गाडी कुरिरहेकी विमला रावत भन्छिन्, ‘एक वर्षपछि परिवार भेट्न जान लागेको खुसी छु। साथीहरु पनि भेटिन्छ।’

त्यस्तै, दैलेख घर भएकी धना रावल भन्छिन्, ‘आफ्नै गाउँको चलनअनुसार दसैं मनाउन गाउँ जान लागेको हुँ।’ जुम्ला बसपार्कमा बिहानदेखि साँझसम्मै घर फर्कनेको घुइँचो लाग्ने गरेको छ। दसैंमा घर फर्कनेको संख्या बढेसँगै सवारी साधनको चाप बढेको छ। दसैंमा घर जान लागेका कतिपय भने टिकट नपाएको गुनासो गरेका छन्।

दसैं पर्व नजिकिँदै गर्दा जुम्ला बजार,नराकोट,गोठिज्युला,नाग्म लगायतका बजार क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको चहलपह बढेको छ।