☰ open Loading... 5 May 2024|  

खान लागेको मासु अड्किएर मृत्यू !
अमर सुनार   | ५ कार्तिक २०८०, आईतवार १८:००

खाँदै गरेको मासु अड्किएर दैलेखमा एक जनाको मृत्यू भएको छ । नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर बिकको मृत्यू भएको नौमूले गाउँपालिका–६ का वडासदस्य खगिसरा बिकले जानकारी दिनुभयो ।

आज दिउँसो घरमै आफैले चुल्होमा पोलेर खाँदै गरेको मासु घाँटीमा अड्किएर तत्कालै मृत्यू भएको वडासदस्य बिकले बताउनुभयो । मृतक दलबहादुरका तीन छोरा र एक छोरी छन् ।