☰ open Loading... 11 December 2023|  

उपचारको क्रममा एक जनाको मृत्यु
पश्चिम नेपाल   | १० कार्तिक २०८०, शुक्रबार १८:५२

दैलेख- दैलेखमा युवाहरुबीच भएको कुटपिट घटनाका घाइते नारायण नगरपालिका–७ किमुगाउँका २५ वर्षीय रोहन शाहीको उपचारको क्रममा मृत्यू भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा नारायण नगरपालिका–७ किमुगाउँका २५ वर्षीय रोहन शाहीको उपचारको क्रममा शुक्रबार मृत्यू भएको हो।
बडादशैंको खुशियाली मनाउन जम्मा भएका जिल्ला सदरमुकाम नारायण नगरपालिका–७ जार्जेखोला कालिमाटी भन्ने ठाउँमा राति ९ बजे भएको जमघटमा कुटपिटबाट शाही घाइते भएका थिए ।

कुटपिटमा संलग्न ८ जना बिरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।