☰ open Loading... 23 June 2024|  

कर्णाली मन्त्रिपरिषद्को निर्णय : भूकम्प पीडितको राहत र उद्धार तिव्र बनाउने
पश्चिम नेपाल   | १८ कार्तिक २०८०, शनिबार १०:३३

कर्णाली प्रदेश सरकारको आज बिहान आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ ।घाइतेको उद्धार र प्रभावितलाई राहतका लागि सबै निकायसँग सहकार्य गर्दै सहयोगका लागि आह्वान गर्ने बैठकले निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बैठकले प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने र नपुगेको सामग्री खरिद गर्ने निर्णय भएको जानकारी दिए ।

प्रदेशमा उपलब्ध स्रोत साधन र संयन्त्र प्रभावितको उद्धारका लागि परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।उनका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एयरवेजमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको छ ।

काठमाडौँबाट रुकुम पश्चिमका घाइते र प्रभावितको उद्धारका लागि नेपाल एअरलायन्सको जहाज र स्क्याइ ट्रक थप स्वास्थ्यकर्मी सहित सल्ले विमानस्थल मुसिकोट पठाइएको छ ।