☰ open Loading... 30 November 2023|  

एमाले सांसदले एक हप्ताको तलब भूकम्प पीडितलाई दिने
पश्चिम नेपाल   | २० कार्तिक २०८०, सोमबार ०५:२७

 

काठमाडौँ । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसदहरुले एक हप्ताका पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो।

२ लाख ७९ हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय भएको दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए। गण्डकीमा एमालेका उपसभामुखसहित २२ जना प्रदेशसभा सदस्य छन्। उपसभामुखले आफ्नो इच्छाले निर्णय गर्न सक्ने एमाले संसदीय दलका नेता खगराज अधिकारीले बताए।

उनले एमालेले सुरुवात गरेकाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरु पार्टीले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रभावित क्षेत्रमा भिआइपीको भीड लाग्नु उचित नभएको उनको ठम्याइ छ। आइतबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पनि भूकम्पपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शनिबार नै गण्डकीबाट विशेषज्ञसहित ७ जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ।