☰ open Loading... 21 July 2024|  

राष्ट्रपति पौडेल सुर्खेतमा, केहीबेरमा जाजरकोट जाँदै
पश्चिम नेपाल   | २१ कार्तिक २०८०, मंगलवार १२:१३

राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन्। शुक्रवार रातिको भुकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न उनी सुर्खेत पुगेका हुन्।

उनको बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङगा, रूकुम पश्चिमको आठवीसबोटलगायत भुकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ।

राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापतिलगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत भुकम्प प्रभावित क्षेत्र जाँदैछन्।