☰ open Loading... 11 December 2023|  

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै राष्ट्रपति
पश्चिम नेपाल   | २१ कार्तिक २०८०, मंगलवार १४:०८

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन्।

पौडेलले भेरी नगरपालिकामा भूकम्पले भत्केका घरहरूको निरीक्षण गर्नुका साथै स्थानीयहरूसँग छलफल गरेका छन्।

सो क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राहत वितरण प्रक्रियाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।