☰ open Loading... 14 July 2024|  

अन्य भुकप्म प्रभावित जिल्लामा गएन राहत
पश्चिम नेपाल   | २१ कार्तिक २०८०, मंगलवार १६:०४

भूकम्पबाट प्रभावितहरूलाई उद्धार गरेसँगै सरकारले राहत वितरण कार्यक्रम जाजरकोट र पश्चिम रुकुममा मात्र केन्द्रित गरेको छ । कात्तिक १७ मा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा मात्र १५३ जनाको मृत्यु भएको थियो ।

मुख्य प्रभावित दुई जिल्ला बाहेक कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि भूकम्पले क्षति गरेको छ । तर, ती जिल्लामा केन्द्र सरकारले राहत पठाएको छैन । गृह मन्त्रालयको तथ्याङ्क अनुसार जाजरकोट र रुकुम पश्चिम सहित दैलेख, जुम्ला, सल्यान, अर्घाखाँची, रोल्पा, प्युठान, बैतडी, दाङ र रुकुम पूर्वमा पनि भूकम्पले क्षति गरेको छ ।

भूकम्पका कारण दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, अर्घाखाँचीमा १ जना, रोल्पामा १ जना, प्युठानमा ३ जना र बैतडीमा ३ जना घाइते भएका छन् । दाङमा १ जना घाइते भएका छन् । कम प्रभावित जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको गृह प्रवक्ता भट्टराईले बताए । भट्टराईले भने, ‘जुम्ला लगायतमा प्रजिअहरुसँग कुरा हुँदा उहाँहरुले स्थानीय तहसँग समन्वय भइरहेको भन्नुभएको छ ।’

मुख्य प्रभावित जिल्ला पश्चिम रुकुम र जाजरकोटमा घाइतेहरूको उपचारका गर्न नेपाल प्रहरी अस्पतालका डीआईजी गोपेश ठाकुरको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । गम्भीर घाइतेहरूलाई सुर्खेत, नेपालगन्ज र काठमाडौँमा ल्याएर उपचार भइरहेको छ ।