☰ open Loading... 21 June 2024|  

दैवी प्रकोप सहायता कोषमा लयर्स एसोसिएसनको एक लाख ११ हजार सहयोग
पश्चिम नेपाल   | २२ कार्तिक २०८०, बुधबार १०:०२

डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु. एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेको छ ।

एसोसिएसनले आज भूकम्पपीडित जनताको पुनः स्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम सहयोग गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक क्षति भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

डिएलएले भूकम्पबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस दुःखद् परिस्थितिमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णलाई मानवीय सेवामा सहयोग गर्न डिएलएले आग्रह गरेको छ ।