☰ open Loading... 15 October 2024|  

भुकम्प पीडितहरुलाई दुल्लु नगरपालिकाले ५ लाख दिने
पश्चिम नेपाल   | २२ कार्तिक २०८०, बुधबार १३:२१

दुल्लु नगरपालिका दैलेखले जाजरकोट र रुकुमपश्चिमका भुकम्प पिडितहरुलाई ५ लाख दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले तत्काल राहत सामाग्रीका लागि ५ लाख रकम दिने निर्णय गरेको हो ।

जाजरकोटमा २ लाख ५० हजार र रुकुमपश्चिममा २ लाख ५० हजार रकम दिने निर्णय भएको नगर प्रमुख भरत रिजालले बताए । पालिकाबाट भुकम्पको पीडामा परेका नागरिकहरुलाई सानो सहयोग मार्फत मलम लगाउन खोजेको रिजालले बताए ।