☰ open Loading... 22 June 2024|  

एसईईको आवेदन फाराम खुल्यो
पश्चिम नेपाल   | २४ कार्तिक २०८०, शुक्रबार ०८:०१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को आवेदन फारम खुलाएको छ ।बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे आज (शुक्रबार) सूचना निकालेको हो ।

कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो । आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ ।