☰ open Loading... 21 July 2024|  

विपन्न६४घरधुरीलाई निशुल्क मिटर बक्स वितरण
यामराज बिष्ट   | २५ कार्तिक २०८०, शनिबार ०७:२४

 

दैलेख-महाबु गाँउपालिका वडा नं -२ले अति विपन्न घरधुरीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण गरिएको छ ।वडा कार्यालयले विपन्न वर्गलाई लक्षित गरी निशुल्क मिटर बक्स वितरण गरेको हो।

पहिलो चरणमा ६४ घरधुरीलाई निशुल्क विद्युत मिटर बक्स वितरण गरेको महाबु गाँउपालिका वडा नं -२का वडाध्यक्ष प्रकाश राज थापाले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग घरपरिवारलाई निशुल्क विद्युत मिटर बक्स वितरण गरेको यो बर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिईएको उनले बताए ।

निशुल्क मिटर बक्स जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको वडाध्यक्ष थापाले जानकारी दिए ।यस्तै वडाबासिको  विद्युत महशुल वडाकार्यालयले तिर्ने गरेको गरेको उनले बताए ।व्यवस्थित सौचालय नभएकालाई सौचालाय सामाग्री समेत वडाले वितरण गर्ने भएको छ ।

यो कार्यक्रमले आर्थिक अभावका कारण घरमा बिजुली जोड्न नसकेका विपन्न परिवारलाई राहत मिलेको स्थानियले बताए ।